आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि १८८ जनाको आवेदन स्विकृत (विवरण सहित)

काठमाडौँ, १४ जेठ । आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेको २१८ जनाको आवेदन मध्ये १८८ जनाको मात्रै स्विकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार स्विकृत आवेदकको नाम सार्वजनिक गरेको छ ।
यअसघि विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्वन्धी एकीकृत कार्यविधि २०८३ अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले गत २५ बैशाखमा सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाको आवेदन परेकोमा ४३ जनाको स्विकृत भएको छ । पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८ जनाले दिएकोमा ३४ जना, पोखरा विश्वविद्यालयका लागि ३८ ले दिएकोमा ३३ जना, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जनाले दिएकोमा १८ जना, मध्यपश्चिम विश्वविद्यालयका लागि २० जनाले दिएकोमा १९ जना जनाको आवेदन स्विकृत भएको छ ।
यस्तै गरी लुम्बिनी वौद्य विश्वविद्यालयका लागि ११ जनाले आवेदन दिएकोमा ७ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ जनाले दिएकोमा १३ जना र राजर्षिजनक विश्वविद्यालयका लागि २७ जनाको आवेदन परेकोमा २१ जनाको आवेदन स्विकृत भएको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस सूची
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
