स्वास्थ्य बीमा बोर्डद्धारा सुविधा थैलीको दररेट परिमार्जन (विवरण सहित)

3.3k
Shares

काठमाडौँ, १२ जेठ । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचारमा लाग्ने खर्च (सुविधा थैली) परिमार्जन गरेको छ । गत ११ जेठमा बसेको बोर्डको बैठकको निर्णय अनुसार स्वास्थ्य बीमा बोर्डको सुविधा थैली (तेस्रो संसोधन) २०८३ बमोजिम परिमार्जित विवरण तथा दररेट आगामी शनिबार ( १६ जेठ) देखि लागू हुने बोर्डले जनाएको छ ।

बोर्डका अधिकारीहरुले परिमार्जित सुविधा थैली दर रेटले उपचार सेवा पहिलेको तुलनामा सस्तो बनाएको दावी गरेका छन् । ‘अहिलेको दररेट सरकारी अस्पतालमा हाल रहेको रेट अनुसारको रहेको बताइएको छ । केही संघीय सरकारी अस्पतालबाट दररेटका सूचीहरु ल्याएर औषत रेट तयार गरिएको हो,’ बोर्डका एक अधिकारीले भने ।

नयाँ दररेटमा उपचार सेवा प्याकेज भन्दा पनि बील अनुसार हुने बताए । तर त्यसको अधिकतम रेट भन्दा माथि हुन नहुने व्यवस्था गरिएको छ ।

औषधीहरुको मूल्यका विषयमा यसअघि मंहगो रेट दिएको भन्दै आलोचना भएको थियो । यसपटक औषधीको रेट समेत घटेर आएको ती अधिकारीले बताए ।

स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक सकुन्तला प्रजापति बाहेक स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु मात्रै छन् । स्वास्थ्य बीमा ऐनले उपलव्ध अधिकारीमध्ये बहुमत सदस्यको उपस्थितिमा बोर्ड बैठक हुन सक्ने व्यवस्था छ ।  त्यहि व्यवस्थालाई टेकेर गत ११ जेठमा बैठक बसेको हो ।

हेर्नुहोस् परिमार्जित सुविधा थैली

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *