खिचापोखरीबाट २८ हजार ५०० वटा अवैध भेप बरामद

4
Share

काठमाडौँ, १२ जेठ । नेपाल प्रहरीले काठमाडौँ खिचापोखरी क्षेत्रबाट २८ हजार ५०० परिमाणमा विल विजक नभएको अवैध भेप (विद्युतीय चुरोट) बरामद गरेको छ ।

प्रहरीको टोलीले खिचापोखरीस्थित आरबी कम्पेल्समा रहेको स्माइल योर च्वाइस पसल र भेपमाण्डु ट्रेडर्सको गोदाममा खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा २८ हजार ५०० वटा अवैध भेप बरामद गरेको हो ।

उक्त भेपको मूल्य ६ करोड बढी पर्ने प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले भेपसंगै त्यसका सञ्चालक ३२ वर्षीय नविन खड्कालाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उनको विषयमा थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *