नेपाल औषधी उत्पादक संघले ल्यायो ‘नेपाल फर्मा इनसाइट’

92
Shares

काठमाडौँ, ७ जेठ ।  नेपाल औषधी उत्पादक संघले औषधि उत्पादन क्षेत्रसँग सम्बन्धित विविध आयाम समेटिएका ‘नेपाल फर्मा इनसाइट’ प्रकाशन सुरु गरेको छ ।

संघकी क्वालिटी कन्ट्रोल प्रमुख प्रशंसा श्रेष्ठका अनुसार देश–विदेशमा भइरहेका अनुसन्धान, अध्ययन तथा विभिन्न क्षेत्रका अनुभवहरू प्रायः साझा हुन नपाउने अवस्थालाई मध्यनजर गर्दै उक्त प्रकाशन सुरु गरिएको हो ।

उनले ‘नेपाल फर्मा इनसाइट’मार्फत यस्ता सामग्री समेटेर फर्मा क्षेत्रका सरोकारवालालाई नियमित रूपमा डिजिटल स्वरुपमा अपडेट गराउने उद्देश्य रहेको बताइन् ।

संघका अध्यक्ष विप्लव अधिकारीका अनुसार यो प्लेटफर्मलाई विस्तार गर्दै भविष्यमा नेपालकै औषधी क्षेत्रको महत्वपूर्ण जर्नलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । उनले यसलाई निरन्तर अपडेट र विस्तारित ज्ञानमूलक माध्यमका रूपमा अघि बढाइने बताए ।

‘नेपाल फर्मा इनसाइट’मा औषधी क्षेत्रका पछिल्ला विकासक्रम, अनुसन्धान, लेख तथा विशेषज्ञ विचार समावेश गरिने जनाइएको छ । यसमा उद्योग, अनुसन्धान, नियामक निकाय, शैक्षिक क्षेत्र तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच ज्ञान आदान–प्रदान हुने अपेक्षा गरिएको छ ।

प्रकाशन टोलीमा विभिन्न औषधी कम्पनीका प्रतिनिधिहरू संलग्न रहेका छन् । साथै, सम्पादकीय टिममा प्रशंसा श्रेष्ठ, निश्मा बज्राचार्य, सहज न्यौपाने, आशिष खड्का, कुसुम श्रेष्ठार ज्योत्सना पोखरेल रहेका छन् ।

संघले आगामी अंकका लागि लेख, केस स्टडी, विज्ञ धारणा तथा उद्योगसम्बन्धी अपडेटहरू पठाउनसमेत आह्वान गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *