नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रार बनिन् उषा तण्डुकार

काठमाडौँ, ४ जेठ । नेपाल फार्मेसी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी उषा तण्डुकारले पाएकी छन् ।
स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि तण्डुकारलाई परिषद्को रजिष्ट्रारको जिम्मेवारी तोकेकी हुन् ।
बरिष्ठ औषधी व्यवस्थापक (१० औँ तहकी) तण्डुकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा कार्यरत थिईन ।
यसअघि परिषद् रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले २२ बैशाखमा पदबाट राजिनामा दिएका थिए । सरकारले हालै ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’बाट जोगिएका पाण्डेयले नयाँ परिस्थिति सिर्जना भएको भन्दै मार्गप्रसस्त गरिदिएका थिए ।
मन्त्रालयले अहिले चारवटै काउन्सिलमा निमित्त रजिष्ट्रार तोकेर दैनिक काम कार्वाही अघि बढाइरहेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

