विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेकाे उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढ्याे

112
Shares

काठमाडौं। सरकारले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेकाे उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढाएकाे छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतमा रहेकाे  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढेकाे हाे ।

रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै याेग्यता पुगेका ईच्छुक व्यक्तिसंग दरखास्त आव्हान गरेकाे हाे ।

समितिले मिति २०८३ वैशाख ३१ गते स्वीकृत ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरेको जनाएको छ।

इच्छुक तथा योग्य व्यक्तिले सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।

सूचना तथा कार्य विधिकाे लागि यहाँ क्लिक गर्नुहाेस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *