सरकारी स्वास्थ्य संस्थाले नौ करोड सात लाख बढी मूल्यका औषधी म्याद गुजारी फ्याँके

कहाँ कति मूल्यको औषधी तथा औषधीजन्य सामग्रीको म्याद गुज्रियो ?
104
Shares

काठमाडौँ, १ जेठ ।  स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरीदर गरेको औषधीको म्याद समाप्त भएमा टुटेफुटेमा वा बिक्री नगरी अधिक मौज्दात रहेमा सम्झौँताको सर्त अनुसार ती औषधीहरु आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नु पर्दछ ।

तर, जिम्मेवार सरकारी निकायले भने त्यसको वेवास्ता गर्दा ९ करोड ७ लाख १७ हजार मूल्यका औषधीजन्य मालसामान तथा कीटको म्याद समाप्त भई प्रयोग नै आउन नसक्ने अवस्था देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ बार्षिक प्रतिवेदनमा औषधीको म्याद गुजार्ने गरी थोपरेर राज्यलाई हानी गरेको विवरण उल्लेख छ ।

कहाँ कति मूल्यको औषधी तथा औषधीजन्य सामग्रीको म्याद गुज्रियो ?

महालेखा परीक्षकको पछिल्लो बार्षिक प्रतिवेदन २०८३ ले स्वास्थ्य सेवा विभागले खरीद गरेको २८ प्रकारका ४ करोड ७२ लाख २० हजार औषधी तथा औषधीजन्य सामग्रीको प्रयोग नै नगरी म्याद समाप्त भएको बताएको छ ।

यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरीद गरेको ६ प्रकारका औषधीहरुमध्ये ४७ लाख ७० हजार रुपैयाँ बराबरको औषधीको पनि यत्तिकै म्याद गुज्रेर फ्याक्नु परेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) पनि औषधीको म्याद गुजार्न अब्बल देखिएको छ । सो अस्पतालले ६०१ प्रकारका औषधीहरु जसको मूल्य १ करोड ४३ लाख ७५ हजार रुपैयाँको थियो यत्तिकै म्याद गुजारी फ्याँकिएको छ ।

यस्तै धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि १ करोड १९ लाख ९६ हजार बराबरको औषधी तथा औषधीजन्य सामग्री सडाएर फ्याँकेको छ ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि १ करोड २३ लाख ५६ हजार रुपैयाँको औषधी म्याद गुजारी प्रयोगहिन बनाएको छ ।

प्रतिवेदनमा यी उल्लेखित अस्पतालहरुबाट मात्रै कुल ९ करोड ७ लाख १७ हजार मूल्यका औषधी तथा किटको म्याद समाप्त भएको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *