आन्द्रा र मलाशयको क्यान्सर निशुल्क परीक्षण गर्दै ललितपुरको नगर स्वास्थ्य केन्द्र

16
Shares

काठमाडौँ, १ जेठ । ललितपुर महानगरपालिका वडा नं ३ को नगर स्वास्थ्य केन्द्रले अत्याधुनिक मेसिनबाट आन्द्रा र मलाशयको क्यान्सर परीक्षणको सेवा शुभारम्भ गरेको छ ।

बरिष्ठ जनस्वास्थ्य तथा क्यान्सर रोगथामविज्ञ किशोरकुमार प्राधानांङ्गको पहलमा जापानबाट प्राप्त ओ.सि.सेन्सर अटोमेटिक मेसिनबाट परीक्षण सेवा शुभारम्भ गरिएको हो ।

गत बुधबार ठाडोढुंगास्थित नगर स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले परीक्षण सेवा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै उनले नसर्ने रोग रोकथामका लागि यो परीक्षण सेवाले महत्वपूर्ण सहयोग गर्ने बताए ।

च्यासलस्थित समुदाय रोग रोगथाम तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक समेत रहेका प्राधानांङ्गले करीब ८० लाख पर्ने मेसिन निशुल्क उपलव्ध गराई परीक्षण सेवाका लागि वडा कार्यालयलाई हस्तान्तरण गरेको बताए । उनले एक वर्ष भित्र नगर स्वास्थ्यकेन्द्रले करीव ३००० महिला पुरुषको आन्द्रा र मलाशयको क्यान्सर परीक्षण सक्ने योजना रहेको बताए ।

नसर्ने रोग बढी रहेको बर्तमान परिप्रेक्ष्यमा आन्द्रा र मलाशयको क्यान्सर दिनहु बढि रहेको छ । विश्व स्वास्थ संगठनको तथ्यांक अनुसार हाल देखिएको सवैभन्दा बढि क्यान्सरहरु मध्ये आन्द्रा र मलासयको क्यान्सर पुरुषहरुमा चौथो स्थान र महिला र पुरुष दुवैमा हेर्दा पाँचौँ स्थानमा रहेको छ ।

यो क्यान्सर रोग रोकथाम गर्न सकिने र दिशाको परीक्षणबाट शुरुकै अवस्थामा पता लगाउन सकिन्छ । यद्धपी जनचेनाको कमि र जनस्तरमा परीक्षण सेवाको अभावले गर्दा नेपालमा अधिकांश बिरामीहरु अन्तिम अवस्थामा पत्ता लाग्ने भएकोले उपचार उपचारमा खर्चिलो र सफलतादरमा कमि देखिएको छ ।

सेवा शुभारम्भ अघि जापानीविज्ञहरुले त्यस नगर स्वास्थ केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई मेसिन सञ्चालन सम्वन्धी तीन दिने प्रशिक्षण समेत दिएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *