गोरखाका दुई स्वास्थ्यकेन्द्रमा प्रयोगशाला बनाउन प्रेम खत्रीले दिए ८० लाखको उपकरण

20
Shares

गोरखा ३१ बैशाख । सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखाका दुई पालिकाका स्वास्थ्य केन्द्रमा सुविधासम्पन्न प्रयोगशालाका लागि आवस्यक सामाग्री प्राप्त भएको छ ।

समाजसेवी समेत रहेका युवा नेता खत्रीको पहलमा गोरखा नगरपालिका २ को कोखेआहाले शहरी स्वास्थ्य केन्द्र र भिमसेन थापा गाउँपालिका ६ अश्राङ स्थित शहिदस्मृति आधारभूत अस्पतालमा सुविधासम्पन्न प्रयोगशालाका लागि अत्याधुकि सामाग्री प्रदान गरिएको हो ।

नागरिकलाई गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई पालिकाका स्वास्थ्य केन्द्रमा गरी करिब ८० लाख रुपैयाँ बराबरका आधुनिक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरिएको कार्यक्रम ब्यवस्थापक उत्तम अधिकारीले बताए।

श्राङस्थित शहिदस्मृति आधारभूत अस्पताललाई अत्याधुनिक डिजिटल प्रविधिको एक्स–रे ९डीआर सिस्टम०, भिडिओ एक्स–रे मेसिन, ईसीजी मेसिन र फ्रिज लगायतका सामग्रीहरू प्रदान गरिएको छ।

यसैगरी, गोरखा नगरपालिका–२, ताप्लेस्थित कोखेआहाले शहरी स्वास्थ्य केन्द्रमा व्यवस्थित प्रयोगशाला ९ल्याब० स्थापनाका लागि आइएलआर मेसिन, यूएसजी मेसिन, इलेक्ट्रिक एनालाइजर र माइक्रोस्कोप लगायतका उपकरणहरू उपलब्ध गराइएको छ।

यी उपकरणसँगै अब त्यस क्षेत्रका बासिन्दाले सामान्य स्वास्थ्य परीक्षण र रिपोर्टका लागि सदरमुकाम वा चितवन–काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।

बुधबार एक कार्यक्रममावीच सम्भव नेपालका खत्रीले सो सामाग्री स्थानीय तह र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् ।

जसमा कोखेआहालेको कार्यक्रमा गोरखा नगरपालिका मेयर कृष्णबहादुर राना, उपमेयर सपना पुन, वडाध्यक्ष रहमतुल्ला मियाँ लगायतको सहभागिता रहेको थियो । त्यस्तै अश्राङमा भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जारा, उपाध्यक्ष अमृता वस्ती लगायतको उपस्थिती रहेको बताइएको छ ।

प्रयोगशाला स्थापनाका लागि सम्भव नेपालबाट प्राप्त आधुनिक र सुविधासम्पन्न उपकरण, औचारहरुको सदुपयोग गरि छिट्टै सेवा सञ्चालन गरिने पालिका प्रमुखहरुले प्रतिवद्धता जनाएका छन् । साथै कार्यक्रममा उनिहरुले सम्भव नेपाललाई धन्यवाद दिदै आगामी दिनमा समेत सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

खत्रीकै पहलमा यसअघि गोरखाका ११ स्थानीय तहले १३ वटा एम्बुलेन्स प्राप्त गरेका थिए भने आरुघाट आधाभूत अस्पतालमा झण्डै डेढ करोड लगानीमा अत्याधुनिक प्रयोगशाला स्थापना भई सञ्चालन रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *