नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारी डा. दीपेन्द्र पाण्डेलाई

280
Shares

काठमाडौँ, ३० बैशाख । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारी डा. दीपेन्द्र पाण्डेले पाएका छन् ।

स्वास्थ्य मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका काउन्सिलको निमित्त रजिष्ट्रारको रुपमा दैनिक कामकाज गर्न डा. पाण्डेलाई जिम्मेवारी तोकेकी हुन् ।

डा. पाण्डे गत पुसको दोस्रो साता सम्पन्न काउन्सिलको निर्वाचनबाट सदस्य पदमा निर्वाचित भएका थिए । उनी राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन हुन् ।

काउन्सिलमा यसअघि रजिष्ट्रार रहेका डा. सतिशकुमार देवलाई मन्त्रालयले गत साता पदमुक्त गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *