स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. ढकाल अस्वस्थ

निमित्तको जिम्मेवारी डा. भट्टचनलाई

काठमाडौँ, २८ बैशाख । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाल अस्वस्थ भएका छन् । उनको वीर अस्पतालमा उपचार भई रहेको छ । उनको मुटुमा समस्या देखिएको कारण सीसीयूमा भर्ना गरि उपचार भइरहेको बताइएको छ ।
यता उनको अनुपस्थितिमा स्वास्थ्य सेवा विभागको निमित्तको जिम्मेवारी डा अनुज भट्टचनले पाएका छन् । डा. ढकालले आफू उपचारमा जानु परेको भन्दै २२ बैशाख देखि निमित्तको जिम्मेवारी डा. भट्टचनलाई जिम्मेवारी दिएका हुन् ।

‘चेस्टपेन भयो र वीर अस्पतालमा आएँ, परीक्षण र उपचार चलि रहेको छ । सीसीयूमा भर्ना भएको छु,’ नेपाली हेल्थसंग उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *