सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने, राष्ट्रपति पौडेलले ४ बजे सम्वोधन गर्ने

16
Shares

काठमाडौं, २८ बैशाख । सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज अपरान्ह ४ बजे राष्ट्रपति रामबरण यादवले संघीय संसदको दुबै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज विहान साढे १० बजे बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिले आजको संयुक्त बैठकमा पेश गर्ने नीति तथा कार्यक्रम तथा गर्ने सम्वोधनको मस्यौदालाई स्वीकृत गर्ने निर्णय समेत भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बताए ।

उनले भने , ‘राष्ट्रपति पौडेलद्धारा नेपालको संविधानको धारा ९५ बमोजिम आज अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो सम्वोधनको मस्यौदा स्विकृत गर्ने निर्णय भएको छ ।’

दुई तिहाई नजिकसहितको पूर्ण बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले गठन गरेको एकल सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम प्रति आम नागरिकको चासो भने एकाएक बढेको पाइएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *