वीर अस्पतालबाट ‘सरसफाइ सप्ताह-२०८३’को शुभारम्भ

काठमाडौँ, २८ बैशाख । स्वास्थ्य तथा जनसंख्या एवं खानेपानी मन्त्री निशा मेहताले ‘सरसफाइ सप्ताह-२०८३’ को उद्घाटन गरेकी छन् । आज विहान साढे ८ बजे वीर अस्पतालमा पुगी उनले सरसफाई सप्ताहको उद्घाटन गरेकी हुन् ।
सो अवसरमा उनले झाडु कुचो लिएर सरसफाइकर्मी तथा स्वास्थ्यकर्मी तथा कर्मचारीसंग सांकेतिक रुपमा सरसफाईमा सहभागी भएकी थिईन ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आज देखि सुरु गरेको देशव्यापी ‘सरसफाइ सप्ताह- २०८३’ जेठ १ सम्म सञ्चालन हुँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ।



सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

