एसईईको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने

28
Shares

काठमाडौँ, २७ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले माध्यमिक शिक्षा परिषद् (एसईई)को नतिजा पर्सी (मंगलबार)सम्म प्रकाशित गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले मंगलबारसम्म एसईईको नतिजा प्रकाशित गर्ने तयारी भएको बताए ।

‘एईईको नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भइरहेको छ । सकेसम्म त भोली नै प्रकाशित गर्ने भन्ने पनि हो तर टेक्निकल पार्ट देखि सबै काम गर्दा पर्सीसम्म पुग्छ होला । त्यसभन्दा पछि जाँदैन,’ परीक्षा नियन्त्रक अधिकारीले नेपाली हेल्थसंग भने ।

– टुकराज अधिकारी

गत १९ चैत देखि २९ चैतसम्म सञ्चालित एसईईमा यसपटक ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले सहभागिता जनाएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना थिए ।

परीक्षा दिनेमा छात्राको संख्या बढी थियो । यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *