‘प्यानटप’ उत्पादन गर्ने कम्पनी एशियन फर्माले ल्यायो ग्यास्ट्रिककै नयाँ औषधी ‘भीप्राज’

काठमाडौँ २६ बैशाख । ग्यास्ट्राइटिसको उपचारमा प्रयोग हुँदै आएको औषधी प्यानटप (PANTOP) को उत्पादक कम्पनी एशियन फर्मास्युटिकल्सले ग्यास्ट्राइटिस तथा पेटसम्बन्धी एसिडजन्य समस्या (Acid Related Disorders) को उपचारमा प्रयोग हुने नयाँ औषधी ‘भीप्राज’ (VPRAZ–Vonoprazan) बजारमा ल्याएको छ ।
ग्यास्टिक भनेर बुझिने ग्यास्ट्राइटिसको उपचारमा प्रयोग हुने भोनोप्राजन (VONOPRAZAN) वर्गको औषधि नेपालका धेरै चिकित्साकर्मीबीच माग रहेको भन्दै आफ्नो उत्पादनले उक्त माग पूर्ति गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले भिप्राजलाई १० एमजी र २० एमजीमा उत्पादन गरेको छ भने औषधीको पत्तामा रहने नामलाई ब्रेललिपीमा लेखेको छ । जसले गर्दा दृष्टिविहीनहरुले पनि सहजै औषधी पहिचान गर्नसक्नेछन् ।
जापानबाट सुरु, अमेरिकाबाट स्वीकृति
कम्पनीका अनुसार ‘भोनोप्राजान’ (Vonoprazan) सन् २०१५ मा पहिलो पटक जापानमा प्रयोगमा आएको थियो । अमेरिकी खाद्य तथा औषधी प्रशासन (USFDA) ले पनि सन् २०२२ मा यसलाई स्वीकृति दिएको थियो ।
नयाँ वर्गको औषधी
‘भोनोप्राजान’ लाई नयाँ वर्गको औषधी (New Class Molecule–PCAB) मानिन्छ । ग्यास्ट्राइटिस तथा पेटमा एसिडसम्बन्धी समस्याको उपचारमा विभिन्न देशमा यसको प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ ।

छिटो प्रभावकारी हुने दाबी
विशेषज्ञहरूका अनुसार यो औषधी खाना खानुअघि वा पछि सेवन गर्न सकिन्छ । साथै, अन्य औषधिबाट पर्याप्त लाभ नपाएका बिरामीमा पनि यसले प्रभावकारी काम गर्न सक्ने बताइएको छ । कम्पनीले ‘भीप्राज’ सुरक्षित, छिटो असर गर्ने तथा बिरामीमैत्री औषधी भएको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

