आधारभूत अस्पताल निर्माणका लागि बीपीको जग्गा धरान उपमहानगरलाई

60
Shares

काठमाडौँ, २६ बैशाख । सरकारले आधारभूत अस्पताल निर्माणका लागि धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा उपमहानगरलाई उपलव्ध गराउने निर्णय गरेको छ ।

नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने संकल्प र १५ औं योजनाको लक्ष्यअनुरूप धरानमा आधारभूत अस्पताल निर्माणका लागि भन्दै गत २१ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको जग्गा उपमहानगरलाई उपयोग गर्न दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठकले धरानको छाता चोकस्थित कित्ता नम्बर २४ को १–४–१३–१ विघा (८३५१.७० वर्ग मिटर) जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

आधारभूत अस्पताल पछि स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुको रुपमा प्रयोग गर्न समेत सजिलो हुने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *