सरकारद्धारा १५ अवैतनिक दूत पदमुक्त, यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेको चार निर्णय

काठमाडौं, २५ बैशाख । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतनिक दूत (अनररी कन्सुल जनरल तथा कन्सुल)लाई पदमुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ नम्बर ८१ अनुमोदनका लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

हेर्नुहोस आजको मन्त्रिपरिषद्ले गरेको चार निर्णय

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *