वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा प्राडा प्रभा कोइराला

548
Shares

काठमाडौँ, २४ बैशाख । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्राडा प्रभा कोइराला चापागाईँले पाएकी छन् । स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्राडा कोइरालालाई निमित्त निर्देशकको जिम्मेवारी दिएकी हुन् ।

कोइराला कार्डियोलोजिष्ट हुन् ।

यसअघि अध्यादेशबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सबै पदाधिकारीहरु पदमुक्त भएपछि वीरका निर्देशक रहेका डा दिलिप शर्माले पनि राजिनामा दिएका थिए ।

उनले गत मंगलबार स्वास्थ्य मन्त्री मेहता समक्ष राजिनामा बुझाएका थिए ।

त्यसयता रिक्त सो पदमा बरिष्ठता तथा कार्यक्षमताको आधारमा कोइरालालाई दिने निर्णय गरेको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *