अध्यादेशले रिक्त बनाएको प्रतिष्ठान, अस्पताल र बोर्डमा निमित्त निर्देशकहरु तोकियो

काठमाडौँ, २४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व विहीन अवस्थामा रहेका पाँचवटा प्रतिष्ठान र दुईवटा अस्पताल र स्वास्थ्य बीमा बोर्डमा निमित्त निर्देशक र प्रमुखहरु तोकेको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले आज अर्को व्यवस्था नहुँदा सम्मका लागि अल्पकालीन जिम्मेवारी दिने गरी निमित्त निर्देशक तथा प्रमुखहरु तोकेकी हुन् ।
को कहाँ ?
अल्पकालीन जिम्मेवारी पाउने निमित्त निर्देशकरप्रमुखहरू:
- वीर अस्पतालको निमित्त निर्देशक : प्रा. डा. प्रभा कोईराला
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान: प्रा.डा. समिता पन्त
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: डा. नरेन्द्र विक्रम गुरुङ
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: सह-प्रा.डा. विनम्र विष्ट
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान): सहप्रा.डा. इन्द्र लिम्बु
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) – सहप्रा.डा. सुरेश रसाइली
- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) – डा. उमेश नेपाल
- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र- सह-प्रा. डा. रविन्द्रभक्त तिमला
- स्वास्थ्य बिमा बोर्ड – शकुन्तला प्रजापति
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

