वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माद्धारा राजिनामा

216
Shares

काठमाडौँ, २३ बैशाख । वीर अस्पतालका निर्देशक डा दिलिप शर्माले पदबाट राजिनामा दिएका छन् । मंगलबार स्वास्थ्य मन्त्री निशा मेहता समक्ष उनले राजिनामा बुझाएका हुन् ।

यसअघि गत १९ बैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ ले विभिन्न निकायमा नियुक्ती लिएका १५९४ जना पदाधिकारीलाई पदमुक्त गरेको थियो ।

त्यसबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति सहितका पदाधिकारी तथा सदस्यहरु पदमुक्त भएका थिए । तर वीर अस्पतालको निर्देशकलाई भने त्यसले छोएको थिएन ।

‘बाध्यकारी अवस्था त थिएन । तर नयाँ सरकारलाई आफ्नो हिसावले काम गर्ने बातावरण बनोस भनेर नै मार्ग प्रसस्त गरिदिएको हुँ । मैले हिजो नै मन्त्री समक्ष पदबाट राजिनामा दिई सकें,’ डा शर्माले भने ।

तत्कालीन उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा शर्मालाई २७ फागुन २०८१ मा निर्देशक पदमा नियुक्त गरेका थिए । उनको कार्यकाल २ वर्षको तोकिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *