एम्बुलेन्सबाट १४८ किलो गाँजा बरामद, दुई जना पक्राउ

52
Shares

इनरुवा, २३ वैशाख । बिरामी बोक्ने एम्बुलेन्सबाट १४८ किलो गाँजा बरामद गरिएको छ ।

बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ किलो गाँजा बरामद गरिएको हो ।

गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *