महासंघ एसोसिएट सदस्यमा आरएस भण्डारी विजयी

काठमाडौँ, २३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसियट समूहतर्फ सदस्य पदमा ह्याम्स अस्पतालका अध्यक्ष एवं मेडिकल व्यवसायी रामशरण (आरएस) भण्डारी निर्वाचित भएका छन् । एसोसियट समूहतर्फ नै फर्च्युना हेल्थ केयरका बाबुकाजी कार्की पनि निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार भण्डारीले १ हजार ४३ मत र कार्कीले १ हजार ६ मत प्राप्त गरि विजयी भएका हुन् ।
आज विहान सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार १ हजार ३१८ मतका साथ सचिन ढकाल पहिलो स्थानमा रहँदै विजयी भएका छन् भने १ हजार २०२ मत पाएका हेमन्त गोल्छा दोस्रो र १ हजार १८३ मतसहित अम्बिकाप्रसाद पौडेल तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी, शक्तिकुमार वेगानीले १ हजार १४२, उज्जवलकुमार श्रेष्ठले १ हजार १४० ऋषि अग्रवालले १ हजार १२२, सुशील थापाले १ हजार ९४, राजेशकुमार अग्रवालले १ हजार ८२, सुयस प्याकुरेलले १ हजार ६९ मत प्राप्त गरेका थिए ।
देवराज रेग्मीले ९५४, बाबु लामिछानेले ८६०, ढोलप्रसाद अधिकारीले ८५८, गोपाल खनालले ८०४, भरत रानाभाटले ७८८ र देशबन्धु बस्नेत (अजित) ले ७७८ मत पाएका छन्। सदस्यहरूको गणना सकिएलगत्तै अब एशोसियट उपाध्यक्ष तथा महिला सदस्यको मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ।
बस्तुगत तर्फ स्वास्थ्य क्षेत्रका व्यवसायीको रुपमा परिचित केमसान अध्यक्ष भक्तबहादुर हमाल र एपोन अध्यक्ष विप्लभ अधिकारी प्रतिस्पर्धामा उत्रिएका थिए । ती मध्ये हमाल निर्वाचित भईसकेका छन् भने अधिकारीको मत बराबर आएका कारण चिठ्टा मार्फत नयाँ निर्णय गरिने तयारी भएको बुझिएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

