नेपाल चिकित्सक संघको मतगणना सकियो, यस्तो बन्यो डा. रिजाल नेतृत्वको नयाँ टिम

काठमाडौँ, २२ बैशाख । नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत तीन दिन देखि जारी मतगणना सकिएको छ । निर्वाचनबाट डा बद्री रिजाल अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ कार्यसमितिमा उनकै समूह हावी भएको छ ।
डा मंगल रावलको समूहबाट उठेका दुई उपाध्यक्ष र दुई सदस्य विजयी भएका छन् भने टिम रिफर्मबाट एक जना सदस्य विजयी भएका छन् ।
को को भए विजयी ?
निकटतम प्रतिस्पर्धी डा मंगल रावललाई पछि पार्दै नेपाल चिकित्सक संघको आगामी तीन वर्षका लागि अध्यक्ष पदमा डा बद्री रिजाल निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी विजयी भएका छन् । उनले डा कीर्तिपाल सुवेदीलाई पराजित गरेका हुन् । यस्तै महासचिव पदमा डा विश्वराज दवाडी विजयी भएका छन् । उनले डा कालुसिंह खत्री विरुद्ध विजयी हासिल गरेका हुन् ।
उपाध्यक्ष एवं प्रदेश संयोजक तर्फ कोशीबाट डा रोशन खड्का, मधेशबाट डा अमितरञ्जन मिश्र, बागमतीबाट डा सुवाश भट्टराई विजयी भएका छन् । यस्तै गण्डकीबाट डा यज्ञराज सिग्देल, लुम्बिनीबाट डा नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा रविन खड्का र सुदूरपश्चिमबाट डा प्रमोद जोशी विजयी भएका छन् ।
कोषाध्यक्ष तर्फ डा संयुक्त आचार्य, सह सचिव तर्फ डा हुलास अग्रवाल र सह कोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन् ।
सदस्यहरुमा डा अमित झा, डा राकेश शाह, डा पल्पसा श्रेष्ठ, डा विना श्रेष्ठ, डा सुस्मित काफ्ले र डा शेषराज आचार्य विजयी भएका छन् ।
विजयी भएकामध्ये उपाध्यक्ष एवं गण्डकी संयोजक डा सिग्देल, कर्णाली संयोजक डा खड्का डा मंगल रावल समूहका हुन् । यस्तै सदस्यमा निर्वाचित डा अमित झा र डा पल्पसा श्रेष्ठ पनि डा रावल समूहका हुन् ।
सदस्यमा निर्वाचित शेषराज घिमिरे भने टिम रिफर्मलाई प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा आएका चिकित्सक हुन् ।
कसको मत कति आयो ?


सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

