चिकित्सक संघ मतगणना अपडेट : उपत्यका छिरेपछि फेरियो भोट प्याट्रोन, अगाडी आए डा. बद्री-विश्व
५०४२ मत गणना हुँदा कसको मत कति ?

काठमाडौं, २१ बैशाख । नेपाल चिकित्सक संघको मतगणना उपत्यका भित्र प्रवेश गर्नासाथ भोटको प्याट्रोन परिवर्तन देखिएको छ ।
कुल ५ हजार ४२ मत गणनाको नतिजा आईपुग्दा उपत्यका बाहिर अग्रता लिएका अध्यक्षका उम्मेदवार डा मंगल रावललाई अर्का प्रत्यासी डा बद्री रिजालले पछि पारेका छन् । पछि मात्रै होइन मतान्तर समेत फराकिलो बनाउँदै लगेका छन् ।
यस्तै महासचिव पदमा पनि डा विश्वराज दवाडीले प्रतिस्पर्धी डा कालुसिंह खत्रीसंगको मतान्तर बढाउँदै लगेका छन् । त्यसअघि नै बरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारीले अर्का प्रत्यासी डा कीर्तिपाल सुवेदीसंगको मतान्तर बढाउँदै लगेका थिए ।
प्रदेश संयोजक समेत रहने उपाध्यक्ष पदमा काठमाडौँ उपत्यकाको गणना सुरु पछि कोशी मधेश बागमती, लुम्बिनी र सुदूरपश्चिममा पुरानै उपत्यका बाहिरको गणनामै हावी भएका उम्मेदवारहरु यथावत छन् । गण्डकी र कर्णालीमा पनि उस्तै अनुपात छ ।
कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्षमा पनि मतको अनुपात उस्तै नै देखिएको छ ।
सदस्यहरुमा काठमाडौँ उपत्यका छिरे पछि डा पल्पसा श्रेष्ठले जम्प हानेर चौथो नम्बरमा आएकी छन् । लामो समय माथिल्लो क्रममा अडेका डा अरुण उप्रेती सातौँ नम्बरमा झरेका छन् ।
कसको कति मत ?
अध्यक्ष :
डा. बद्री रिजाल – २२३२
डा. मंगल रावल – २१६३
डा. नारायण प्रसाद भुसाल – ५८४
वरिष्ठ उपाध्यक्ष
डा. सञ्जीव तिवारी २०५७
डा. कीर्तिपाल सुवेदी १६५३
डा. अजय कुमार मिश्रा १०९२
महासचिव
डा. विश्व राज दवाडी १८८३
डा. कालु सिंह खत्री १७८२
डा. अमृत भुसाल ११५९
कोषाध्यक्ष
डा. संयुक्त आचार्य २१६७
डा. चाँदनी जैसवाल १५३९
डा. बिनोद कुमार महसेठ ७५८
सह-सचिव
डा. हुलास अग्रवाल २५५५
डा. राम जीवन प्रसाद ११७८
डा. सन्तोष अधिकारी ९०८
सह-कोषाध्यक्ष
डा. तेन्जु सिंह मल्ल २२७०
डा. सुभाष गुरुङ १६७७
डा. राज कुमार दंगाल ६१७
उपाध्यक्ष
कोशी प्रदेश
डा. रोशन खड्का २१४८
डा. टंक प्रसाद बराकोटी १६१०
डा. हरि शंकर कार्की ६३१
मधेश प्रदेश
डा. अमित रंजन मिश्र २२५७
डा. उदय नारायण सिंह १५१०
डा. मोहम्मद अनामुल हक ६६१
बागमती प्रदेश
डा. सुवास भट्टराई १७४४
डा. अरुण शाही १४५३
डा. एकानन्द सिंह ९३२
डा. रुबस नाथ योगी ४८१
गण्डकी प्रदेश
डा. यज्ञराज सिग्देल २२४१
डा. नवराज लम्दारी २००५
लुम्बिनी प्रदेश
डा. नन्दा कुमारी गुरुङ २०५२
डा. सन्तोष पोखरेल १६३८
डा. लक्ष्मण शर्मा ७९४
कर्णाली प्रदेश
डा. रबिन खड्का १७८०
डा. सरोज गिरी १७२८
डा. अनुप मंगल समाल ८२२
सुदूरपश्चिम प्रदेश
डा. प्रमोद जोशी २४१४
डा. निरज अर्याल १८९५
सदस्यहरू
डा. अमित झा २१२१
डा. राकेश शाह २०४९
डा. सुस्मित काफ्ले १,८६६
डा. पल्पसा श्रेष्ठ १८११
डा. हिमलाल भण्डारी
डा. शेषराज घिमिरे १७८३
डा. हिमलाल भण्डारी १७६९
डा. अरुण उप्रेती १७३१
डा. विना श्रेष्ठ १६५३
डा. समेध मिश्र १६०५
डा. आरती साह १२५६
डा. परशुराम घिमिरे १२२३
डा. दीक्षा बोहरा ११६७
डा. निराजन तामाङ ११६०
डा. विजयकुमार शाह ११३३
डा. जीवन क्षेत्री ११३०
डा. जेविना अन्सारी १०९९
डा. गणेश चौधरी ९२९
डा. भवानी सिल्पकार ५५९
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

