नेपाल चिकित्सक संघ निर्वाचन: काठमाडौँ उपत्यका बाहिरको मतगणना सकियो, कसको मत कति आयो ?

332
Shares

काठमाडौं, २१ बैशाख । नेपाल चिकित्सक संघको निर्वाचनको जारी मतगणना अन्तर्गत काठमाडौं उपत्यका बाहिरको गणना सकिएको छ। उपत्यका बाहिर अध्यक्ष पदमा डा. मंगल रावल ७६ मतले अग्रता लिइरहेका छन्।

काठमाडौं उपत्यका बाहिरका विभिन्न मतदान केन्द्रहरूबाट खसेको कुल ४,२४२ मत गणना भइसक्दा डा. रावलले १,८९५ मत प्राप्त गरेका छन्।

उनलाई डा. बद्री रिजालले १,८१७ मतका साथ पच्छ्याई रहेका छन् । अध्यक्षका अर्का उम्मेदवार डा। नारायण प्रसाद भुसालले ४८२ मत प्राप्त गरेका छन्।

यस्तै बरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी मतान्तर बढाएर अग्रता लिएका छन् । महासचिव पदमा भने डा विश्वराज दवाडी र डा कालुसिंह खत्रीबीच निकै प्रतिस्पर्धा देखिएको छ ।

वरिष्ठ उपाध्यक्ष डा तिवारीको १,६६५ मत आउँदा डा कीर्तिपाल सुवेदीले १,४०८ मतका साथ पच्छ्याई रहेका छन् । उनी भन्दा पछि तेस्रो स्थानमा रहेका डा. अजय कुमार मिश्रको ९६९ मत आएको छ ।

महासचिव पदमा डा. विश्व राज दवाडीले उपत्यका बाहिर १,५३७ प्राप्त गर्दा ४ मत कमका साथ डा. कालु सिंह खत्री १,५३३ मतका साथ दोस्रो भएका छन् । अर्का उम्मेदवार डा अमृत भुसाल ९८३ मतका साथ तेस्रो स्थानमा छन् ।

यस्तै कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्य १,७३७, डा. चाँदनी जैसवाल १,३२८ र डा. बिनोद कुमार महसेठले ६७३ मत प्राप्त गरेका छन् । सहसचिव डा हुलास अग्रवाल २,१७६ लोमप्रिय मत प्राप्त गरेका छन् । उनलाई पच्छ्याएका डा. राम जीवन प्रसादको १,०५३ र डा सन्तोष अधिकारीको ६८८ मत आएको छ ।

यस्तै सह-कोषाध्यक्ष पदमा डा. तेन्जु सिंह मल्लले १,८८१ मतका साथ अग्रतालाई निरन्तरता दिएका छन् । दोस्रोमा डा. सुवास गुरुङ १,४४१ मत र तेस्रोमा डा. राज कुमार दंगाल ५०१ मतका साथ रहेका छन् ।

अरु पदमा कसको कति ?

उपाध्यक्ष (कोशी प्रदेश)
डा. रोशन खड्का    १,८२२
डा. टंक प्रसाद बराकोटी    १,३४४
डा. हरि शंकर कार्की    ५३४

उपाध्यक्ष (मधेश प्रदेश)
डा. अमित रंजन मिश्रा    १,८९७
डा. उदय नारायण सिंह    १,३०२
डा. मोहम्मद अनामुल हक    ५५०

उपाध्यक्ष (बागमती प्रदेश)
डा. सुवास भट्टराई    १,४६८
डा. अरुण शाही    १,१६२
डा. आकानन्द सिंह    ८३६
डा. रुबस नाथ योगी    ३९९

उपाध्यक्ष (गण्डकी प्रदेश)
डा. यज्ञराज सिग्देल    १,९२८
डा. नवराज लम्दारी    १,६६६

उपाध्यक्ष (लुम्बिनी प्रदेश)
डा. नन्दा कुमारी गुरुङ    १,७०४
डा. सन्तोष पोखरेल    १,४०७
डा. लक्ष्मण शर्मा    ६६४

उपाध्यक्ष (कर्णाली प्रदेश)
डा. रबिन खड्का    १,५०४
डा. सरोज गिरी    १,४८१
डा. अनुप मंगल समाल    ६५९

उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
डा. प्रमोद जोशी    १,९६८
डा. निरज अर्याल    १,६४५

सदस्यहरू
डा. अमित झा    १,८७४
डा. राकेश शाह    १,७५७
डा. सुस्मित काफ्ले    १,५९१
डा. हिमलाल भण्डारी    १,५३५
डा. शेषराज घिमिरे    १,५२७
डा. अरुण उप्रेती    १,४८४
डा. पलपासा श्रेष्ठ    १,४६७
डा. सुमेध मिश्रा    १,३३५
डा. विना श्रेष्ठ    १,२९९
डा. आरती शाह    १,०८१
डा. परशु राम घिमिरे    १,००९
डा. दिक्षा बोहरा    १,००४
डा. विजय कुमार शाह    ९९३
डा. जीवन क्षेत्री    ९८४
डा. निरन्जन तामाङ    ९५५
डा. जेवना अन्सारी    ९१२
डा. गणेश चौधरी    ८२३
डा. भवानी शिल्पकार    ४२३

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *