एनएमए मतगणना अपेडट : ३५८९ भोट गणना हुँदा डा. मंगल-कालुको अग्रता कायमै

428
Shares

काठमाडौँ, २१ बैशाख । नेपाल चिकित्सक संघ (एनएमए)को जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । आज विहान ५ बजेसम्म कुल ३ हजार ५८९ मत गणना भईसकेको छ ।

पछिल्लो परिणाम अनुसार अध्यक्ष पदमा डा. मंगल रावल १६१४ मतका साथ अग्रतालाई कायम राखेका छन् ।

दोस्रोमा डा. बद्री रिजाल १५१६ मतका साथ उनलाई पच्छ्याई रहेका छन् । तेस्रोमा डा. नारायणप्रसाद भुसालले ४१८ मत प्राप्त गरेका छन् ।

बरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारीले १३५५ मतका साथ अग्रतालाई निरन्तरता दिएका छन् । दोस्रोमा डा. कीर्तिपाल सुवेदीले १२४५ मतका साथ दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा डा अजयकुमार मिश्रको ४२७ मत आएको छ ।

यस्तै महासचिव पदमा डा. कालुसिंह खत्रीले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । डा. खत्रीको १३५२ मत आउँदा दोस्रो स्थानमा डा. विश्वराज दवाडीको १२४२ मत आएको छ । तेस्रो स्थानमा डा. अमृत भुसालको ८२८ मत आएको छ ।

प्रदेश उपाध्यक्ष तर्फ कोशीमा डा. रोशन खड्का १३८४ मतका साथ अग्रस्थानमा छन् । डा. टंकप्रसाद बाराकोटीले १२१० मतका साथ उनलाई पच्छ्याएका छन् । मधेशमा १५६२ मतका साथ डा. अमित रञ्जन मिश्र अगाडी छन् । उनलाई डा. उदयनारायण सिंहले ११३६ मतका साथ पच्छ्याएका छन् ।

बागमतीमा १२०३ मतका साथ डा. सुवास भट्टराईको अग्रता छ । १०२१ मतका साथ डा. अरुण शाही दोस्रोमा छन् ।

गण्डकीमा डा. यज्ञराज सिग्देल १६४३ मतका साथ अगाडी छन् । डा. नवराज लम्डारीले १३९७ मतका साथ उनलाई पच्छ्याएका छन् । यस्तै लुम्बिनीमा डा नन्दाकुमारी गुरुङ १३९३ मतका साथ अग्रस्थानमा छिन् । डा सन्तोष पोखरेलले १२४५ मतका साथ उनलाई पच्छ्याई रहेका छन् ।

यसैगरी कर्णालीमा डा. रविन खड्का १३०६ मतका साथ अग्रस्थानमा छन् । डा सरोज गिरीले १२२७ मतका साथ डा खड्कालाई पच्छ्याई रहेका छन् ।

यस्तै सुदूरपश्चिममा डा. प्रमोद जोशीले १६२० मतका साथ अग्रता कायम गरेका छन् । डा. निरज अर्यालले १४३४ मतका साथ उनलाई पच्छ्याएका छन् ।

कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य १४२१ मतका साथ अगाडी छन् । उनको प्रतिस्पर्धामा डा. चाँदनी जैसवाल ११५२ मतका साथ दोस्रो स्थानमा छिन् ।

सह सचिव पदमा डा. हुलास अग्रवाल १७५४ मतका साथ अगाडी छन् । उनको प्रतिस्पर्धामा डा. राम जीवन प्रसाद ९३८ मतका साथ दोस्रो स्थानमा छन् ।

यस्तै सह कोषाध्यक्ष पदमा डा. तेजसुसिंह मल्ल १५३४ मतका साथ पहिलो स्थानमा छन् । डा. सुवास गुरुङले १२८५ मतका साथ उनलाई पच्छ्याई रहेका छन् ।

निर्वाचित हुने छ जना सदस्यहरुमा अहिलेसम्म डा. अमित झा १६२५ मतका साथ पहिलो स्थानमा, डा. राकेश शाह १४३१ मतका साथ दोस्रो स्थानमा आएका छन् । डा. सुस्मित काफ्ले १३४२ मतका साथ तेस्रो स्थानमा छन् । यस्तै डा.  शेषराज घिमिरे १२९३ मतका साथ चौथो स्थानमा उक्लिएका छन् ।

पाँचौँ स्थानमा डा. हिमलाल भण्डारी १२८५ मतका साथ रहेका छन् । र डा. अरुण उप्रेती १२८३ मतका साथ छैटौँ स्थानमा रहेका छन् । डा. पल्पसा श्रेष्ठ भने ११६१ मतका साथ सातौँ स्थानमा छिन् ।

अहिले काभ्रेको मतगणना भईरहेको छ । उपत्यका बाहिर यसपछि बिराटनगरको गणना बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *