छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका १६६ जना पदाधिकारी पदमुक्त

काठमाडौँ, २० बैशाख । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्वन्धी केही नेपाल ऐन संसोधन गर्ने अध्यादेश २०८३ जारी गर्दै ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई पदमुक्त गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज सार्वजनिक गरेको राजपत्रमा उल्लेख नयाँ व्यवस्था अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक एवं सदस्यहरु सहित १५ जना पदाधिकारीहरु पदमुक्त भएका छन् ।

यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन सहित सेवा आयोगका अध्यक्ष तथा सदस्यहरु समेत गरी २२ जना पदमुक्त भएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक लगायत ३३ जना पदमुक्त भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक लगायतका ३४ जना पदमुक्त भएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति, डीन र निर्देशक सहित अन्य विभिन्न निकायमा नियुक्त ३१ जना पदमुक्त भएका छन् ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशकसहित ३१ जना पदमुक्त भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *