नेपाल चिकित्सक संघ निर्वाचन : आज पहिलो दिन काठमाडौँ उपत्यकामा १ हजार २२३ मत खस्यो

काठमाडौँ, १८ बैशाख । नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत आज काठमाडौँको प्रज्ञाभवन कमलादी मतदान केन्द्रमा कुल १ हजार २२३ मत खसेको छ । संघको २०८२ – २०८५ कार्यकारिणी समितिका लागि भइरहेको निर्वाचन अन्तर्गत आज र भोली उपत्यकामा मतदान हुँदैछ ।

प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले काठमाडौँ उपत्यकामा दुई दिन हुने मतदान अन्तर्गत आज पहिलो दिन १ हजार २२३ मत खसेको बताए । विहान ८ बजे देखि बेलुका ६ बजेसम्म मतदान भइरहेको थियो । भोली पनि सोही स्थान र समयमा मतदान चल्ने शाक्यले बताए ।

आज सरकारी अस्पतालहरुमा ओपिडी सेवा सञ्चालन हुने भएकोले पनि अपेक्षाकृत केही कम मत खसेको अनुमान छ ।

निर्वाचन समितिले भोली बेलुका मतदान सकिएपछि मतगणनाको प्रकृयामा प्रवेश गर्ने बताएको छ । निर्वाचन अन्तर्गत उपत्यका बाहिर ४ र ५ बैशाखमा निर्वाचन सम्पन्न भईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *