हुम्लामा पहिलो पटक एक जनामा डेंगी संक्रमण पुष्टि

72
Shares
Dengu

काठमाडौँ, १७ वैशाख । हिमाली जिल्ला हुम्लामा पहिलो पटक एक जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पतालमा उपचाररत बिरामीमा गरिएको स्वाब परीक्षणमा डेंगी संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीका अनुसार डेंगी पोजिटिभ देखिएका बिरामी सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनार हुन् ।

उनी तीन दिनअघि स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल पुगेका थिए । हाल सुनारलाई अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ।

डेंगी पुष्टि भएसँगै केही दिन अझै निगरानीमा राखेर उपचार गरिने चिकित्सक तिवारीले जानकारी दिए ।

संक्रमित सुनार हालसम्म जिल्ला बाहिर ननिस्किएको पाइएको छ। यसले हुम्लामै डेंगी संक्रमण फैलिएको संकेत देखिएको चिकित्सकहरूको भनाइ छ।

मौसममा आएको परिवर्तन, तापक्रम वृद्धि र लामखुट्टेको संख्या बढ्न थालेसँगै यस्तो संक्रमण देखिएको हुन सक्ने अनुमान गरिएको छ । स्वास्थ्य अधिकारीहरूले यसलाई गम्भीर रूपमा लिँदै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *