उच्च अदालतको फैसला पछि त्रिवि आईओएमले गर्‍यो डा. एकानन्द सिंहलाई पुरानै मितिबाट सहप्राध्यापक पदमा प्रमाणीकरण

356
Shares
– डा. एकानन्द सिंह

काठमाडौँ, ९ बैशाख । उच्च अदालत पाटनको फैसला पछि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले उपप्राध्यापक एवं कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहलाई झण्डै ११ महिना अघि देखिनै नै लागू हुने गरी सह प्राध्यापक पदमा प्रमाणीकरण गर्ने निर्णय गरेको छ ।

अदालतले गत ३० चैतमा गरेको फैसला बमोजिम आईओएम पद प्रमाणीकरण समितिको गत ७ बैशाखमा बसेको बैठकले डा सिंहलाई ११ जेठ २०८२ देखि नै लागू हुने गरी सह प्राध्यापक पदमा प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।

आईओएम डीन कार्यालयले गत ७ बैशाखमा जारी गरेको सूचनामा डा सिंहलाई ११ जेठ २०८२ कै मिति देखि लागू हुने गरी सह प्राध्यापक पदमा प्रमाणीकरण गरिएको उल्लेख छ ।

के थियो विवाद ?
आईओएमबाट सम्बन्धन प्राप्त किस्ट मेडिकल कलेजमा कार्यरत डा।सिंह कलेजो प्रत्यारोपण शल्यचिकित्सकको रूपमा कार्यरत छन् । डा. एकानन्द सिंहले सह–प्राध्यापक पदका लागि आवेदन दिएका थिए ।

सम्पूर्ण प्रक्रिया पूरा गरी अन्तर्वार्तामा सहभागी भएका उनले २५ पूर्णाङ्कमध्ये १० अंक ४० प्रतिशत प्राप्त गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयको शिक्षक सिफारिस सम्बन्धी विनियम, २०७५ अनुसार ४० प्रतिशत अंक नै उत्तीर्ण मापदण्ड हो ।

तर आईओएमले आफ्नो आन्तरिक कार्यविधि २०८० को आधारमा ५० प्रतिशत अंक अनिवार्य रहेको भन्दै डा. सिंहलाई अनुतीर्ण घोषणा गरेको थियो।

आईओएमले तत्कालीन समयमा गरेको सो निर्णय विरुद्ध डा. सिंहले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

गत ३० चैतमा उच्च अदालत पाटनका न्यायाधीशद्धय सोमकान्त मैनाली र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तर्वार्तामा प्राप्त अंकका आधारमा गरिएको मूल्यांकन कानूनसम्मत नभएको ठहर गर्दै डा सिंहको पक्षमा आदेश जारी गरेको गरेका थिए ।

आदेशमा अदालतले विश्वविद्यालयको प्रचलित विनियमको विपरीत हुने गरी आईओएमको आन्तरिक कार्यविधि बनाउन नमिल्ने ठहर गरेको थियो ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयको शिक्षक सिफारिस सम्बन्धी विनियम, २०७५ अनुसार डा। सिंहले अन्तर्वार्तामा प्राप्त गरेको अंक सह–प्राध्यापक पदमा प्रमाणीकरण हुन पर्याप्त रहेको भन्दै अदालतले २०८२ जेठ ११ मा प्रकाशित नतिजा बदर गर्दै सोही मितिबाट लागू हुने गरी डा. सिंहलाई सह–प्राध्यापक पदमा प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *