स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसंग सामुहिक छलफल गर्दै प्रधानमन्त्री शाह
छलफलका लागि विश्वविद्यालययका उपकुलपतिहरुलाई पनि आमन्त्रण

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सहित विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्व विद्यालयका उपकुलपतिहरूसँग सामुहिक रुपमा छलफल गर्दै छन् ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुनेछ ।
सचिवालयका अनुसार बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे बिमर्श हुनेछ। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ।
बैठकमा न्याम्ससंगै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुलाई बोलाइएको छ । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पनि सहभागी हुने कार्यक्रम छ ।
विश्व विद्यालय तर्फ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरु संग छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

