बरिष्ठ पत्रकार पुस्करलाल श्रेष्ठको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर

20
Shares

काठमाडौँ, ३ बैशाख । कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा वरिष्ठ पत्रकार स्व. पुष्करलाल श्रेष्ठको सातौं पुण्य तिथिको सन्दर्भमा बिहीबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा कामना परिवार, इमेज परिवार, द रोलिङ स्टोन्स् स्कुल परिवार, स्थानीय बासिन्दा लगायतले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा र इमेज गु्रप अफ कम्पनिज, द रोलिङ स्टोन्स् स्कुलको सहआयोजनामा भीमसेनस्थानस्थित कामना न्यूज पब्लिकेसन्स् प्रा.लि., कामनाको केन्द्रीय कार्यालयमा आयोजित स्वास्थ्य शिविरमा कामना परिवार, इमेज परिवार, द रोलिङ स्टोन्स् स्कुलका विद्यार्थी तथा अभिभावकसहित स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो । स्वास्थ्य शिविरमा सहभागीलाई विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण, परामर्श लगायतको सेवा प्रदान गरिएको थियो ।

‘हामीले समाचार लेख्ने मात्र होइन समुदायमा गर्न सक्ने सामाजिक उत्तरदायित्वका लागि पनि काम गर्नुपर्छ भन्ने संथापकहरूले सिकाउनुभएकाले सोही अनुसार कार्य गर्दै आएका छौं,’ पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले भने ।

नेपाल पत्रकार महासंघ कामना प्रकाशसन शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले सहभागीहरूलाई स्वागत गर्दै आगामी दिनमा सञ्चारकर्मी तथा उनका परिवारका सदस्यहरूको हितका निम्ति विभिन्न कार्यक्रम गर्दै जाने बताईन् ।

त्यसो त कामना न्यूज पब्लिकेसन्स्ले पब्लिकेसनको वार्षिकोत्सव, संस्थापकहरुको पुण्य तिथिका अवसरमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम जस्ता जनहितमा केन्द्रित स्वास्थ्य कार्यक्रमहरु वर्षभरि नै गर्दै आएको छ । सोहीअन्तर्गत बिहीबार सो कार्यक्रम आयोजना गरिएको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकबाट मुटुरोग (ईसीजी), भिडियो एक्सरे, मधुमेह, नाक, कान, घाँटी, आँखा, दाँत, ल्याब, बालरोग, सामान्य चिकित्सा, सामान्य चिरफार लगायतका परीक्षण गरिएको थियो । जसमा १ हजार ६ सय जनाले सेवा लिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *