यस्ता छन् ‘बालेन सरकार’को शासकीय सुधारमा समेटिएका स्वास्थ्यका ६ बुँदा

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले आज सार्वजनिक गरेको शासकीय सुधार सम्वन्धी १०० वटा कार्यसूचीमा स्वास्थ्य सम्वन्धी ६ वटा विषय समेटिएका छन् ।
जसमा सकरारी तथा निजी अस्पतालहरुमा विपन्न तथा वेवारिसे बिरामीका लागि लागि कुल शैय्याको १० प्रतिशत शैय्या उपलव्ध गराउने र सेवा उपलव्धताको विवरण रियल टाइम अनुगमनका लागि फ्रि हेल्थ पोर्टल विकास गरी ३० दिन भित्र देशभर लागू गर्ने रहेको छ ।
यस्तै विरामीको उपचार इतिहास, पुन सेवा र फलोअप व्यवस्थित गर्ने, सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिति व्यवहार सरसफाई र सेवाको आधारभूत मापदण्ड सुनिश्चित गर्न हाजिरी अनुगमन, कन्डक्ट रिभ्यु र क्लिननेस अडिटको काम एक साता भित्र अनिवार्य रुपमा गर्ने छन्।
अस्पताल फार्मेसीमा औषधीको मौज्दात तथा मूल्य देखिने गरी डिजिटल प्रणाली तथा तीन महिना भित्र सञ्चालन गर्ने । नागरिकलाई गुणस्तरीय तथा सस्तो मूल्यमा औषधी उपलभ्द गराउन सुलभ फार्मेसी सुरु गर्ने लगायतका छन् ।
हेर्नुहोस स्वास्थ्यका छ वटा विषय :


सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 