स्वस्थ त्वचाका लागि चनाको पिठो उपयोगी

592
Shares

basan

१. चनाको पिठो (बेसन) को प्रयोगले छालालाई घामबाट बचाउँछ साथै छालामा भएका दाग, डन्डिफोर जस्ता समस्या समाधान गर्न मद्दत गर्छ ।

२. तैलिय त्वचाका लागि चनाको पिठो निकै लाभदायी हुन्छ । बेसनमा गुलाबजल र दही मिलाएर त्वचामा लगाउने र १ घण्टा पछि सफा पानीले धुने गर्नाले छाला नरम, सफा र चम्किलो देखिन्छ ।

३. सुख्खा छालाका लागि चनाको पिठोमा दूध, मह र एक चिम्टी बेसार मिलाएर पेष्ट बनाई त्वचामा लगाउनाले त्वचा नरम हुन्छ ।

४. त्यसैगरी चनाको पिठोमा काँक्रोको रस,, गुलाबजल मिसाएर त्वचामा लगाउनाले त्वचा सफा र स्वस्थ हुनुका साथै छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।

५. चनाको पिठोमा कागति,, दही र बेसार मिलाएर त्वचामा लगाउने र २० मिनेट पछि चिसो पानीले धुने गर्नाले मृत छाला हटाएर त्वचामा चमक पैदा गर्छ र छालालाई घामबाट पनि बचाउँछ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *