ओलीको मुटुको चालमा गडबडी, जाँचका लागि राखियो ‘हल्टर मोनिटर’

80
Shares

काठमाडौँ, १५ चैत । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको परीक्षणका मुटुको चालमा गडबडी देखिएको छ । चिकित्सकहरुले उनको मुटुको चाल लगायतका गतिविधि हेर्न ‘हल्टर मोनिटर’ लगाईदिएका छन् ।

अस्पतालका प्रवक्ता कालिप्रसाद रोस्याराले परीक्षणका क्रममा मुटुको चालमा केही गडबडी जस्तो देखिएको देखिएपछि चिकित्सकले उनको मुटुको गतिविधि हेर्नका लागि हल्टर मोनिटर लगाएको बताए ।

उनले भने, ‘हिजो देखि नै उनको शरीरमा हल्टर मोनिटर फिट गरिएको छ मुटु जाँचका लागि संगैरहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्डियोलोजिष्टहरुले हेर्नु भएको छ ।’

मुटुको गतिविधिका लागि लगाईने हल्टर मोनिटर कम्तिमा २४ देखि ४८ घण्टा राख्ने गरिन्छ ।

उता ओलीको स्वास्थ्यको बारेमा आज दिउसो अस्पतालले जारी गरेको सूचनामा मिर्गौलासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप, थाइराइड ग्रन्थीको समस्या, मुटुको चाल अनियमित हुने समस्या तथा पित्तथैलीमा पत्थरीजस्ता विभिन्न दीर्घरोगसमेत रहेको उल्लेख छ ।

गौरी बहादुर कार्की नेतृत्वको छानवीन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा गत २३ (२४ भदौको जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक सहित बरिष्ठ अधिकारीहरुलाई दोशी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको थियो ।

शुक्रबार गठित बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले पदवहालीको २४ घण्टा नबित्दै शनिबार बिहान ओली र लेखकलाई हिरासतमा लिएको थियो । हिरासतमा लिई स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल लैजाँदा ओलीको मुटुको चालमा गडबडी देखिएको भन्दै उनलाई त्रिविकै भिआईपी क्याविनमा भर्ना गरिएको हो ।

प्रहरीले ओली र लेखकलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २ नम्बर गणमा राख्ने व्यवस्था मिलाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *