नेपाल चिकित्सक संघको निर्वाचनका लागि फेरी नयाँ मिति तोकियो
४ र ५ बैशाखमा उपत्यका बाहिर, १८ र १९ बैशाखमा काठमाडौँ उपत्यका

काठमाडौँ, १४ बैशाख । नेपाल चिकत्सिक संघको यसअघि रोकिएको निर्वाचनको नयाँ मिति तय भएको छ ।
संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ उपत्यका भित्र बैशाख १८ र १९ गते हुने गरी तय गरेको छ ।
यसअघि गत ११ बैशाखमा संघले संसोधित तालिका भन्दै नयाँ मिति सार्वजनिक गरेको थियो । तर त्यसलाई पनि संसोधन गर्दै आज नयाँ मिति तय गरेको हो ।
गत माघमा तय भएको निर्वाचनको उम्मेदवारीमा विवाद पर्दै अदालतसम्म पुगेपछि रोकिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 