बालेन बने रास्वपा संसदीय दलको नेता

68
Shares

काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ । आज विहान बसेको रास्वपाको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित भएका हुन् ।
बालेनले भोली मध्यान्न १२:३४ बजे राष्ट्रपतिबाट प्रधानमन्त्री पदको सपथ लिने छन् । दिउसो २:१५ बजे सिंहदरबार पुगेर प्रधानमन्त्रीको पदवहाली गर्नेछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *