क्षयरोग उपचारमा ग्राण्डी:

तीन वर्ष अघि सुरु गरेको ग्राण्डीको डट्स क्लिनिक प्रभावकारी बन्दै

8
Shares

काठमाडौँ, ११ चैत । काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले क्षयरोग नियन्त्रणका लागि डट्स केन्द्र स्थापना गरी बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

ग्राण्डीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा विगत तीन बर्षदेखि ‘क्षयरोग उपचार डट्स केन्द्र’ केन्द्रको स्थापना गरी क्षयरोगका बिरामीलाई उपचार प्रदान गर्दै आएको हो ।

ग्राण्डीले स्थापनाकालदेखि नै क्षयरोगका बिरामीलाई उपचार गर्दै आएपनि बिगत तीन वर्षदेखि भने डट्स केन्द्र स्थापना गरि सेवा प्रदान गर्दै आएको हो ।

क्षयरोग माइक्रोव्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने गरेको छ । ग्राण्डी अस्पताल, डट्स शाखाकी फोकल पर्सन अनिता बज्राचार्य डाक्टरको सल्लाहअनुसार नियमित रुपमा औषधी सेवन गर्दा उक्त रोग निको हुने बताउँछिन् ।

टीबी (क्षयरोेग) दुई प्रकारका हुन्छन् ।

पल्मोनरी र एक्स्ट्रा पल्मोनरी टीबी । पल्मोनरी टीबी छातिमा हुने टीबीलाई जनाउँछ भने एक्स्ट्रा पल्मोनरी टीबी भन्नाले छाती भन्दा अन्य भागमा हुने टीबीलाई जनाउँछ ।

पल्मोनरी टीबी ६ महिना निरन्तर औषधी सेवन गर्दा निको हुन्छ भने एक्स्ट्रा पल्मोनरी टीबी भएमा १२ देखि १८ महिनासम्म औषधी सेवन गर्नुपर्ने हुन्छ ।

टीबीको साइड इफेक्ट समेत हुने गरेको छ । सुरुमा औषधी सेवन गर्दा दिशा, पिसावमा रातो आउने, कसैलाई पेट फुल्ने, टाउको दुख्ने, जीउ भारी हुने, वाकवाक लाग्ने, जीउ चिलाउने र जण्डीस हुने गर्दछ । जण्डीसको लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्दछ ।

टीबीको औषधी एकै समयमा खाने गर्नुपर्दछ । टिवीको औषधी खाने बिरामीले प्रोटिनयुक्त खाना, सागपात, गेडागुडी, माछामासु बढी मात्रामा खाने गर्नुपर्दछ ।

डट्स केन्द्र स्थापना भएदेखि चिकित्सकको प्रतक्ष्य निगरानीमा बिरामीलाई क्षयरोगको औैषधी खुवाउँदै आएको फोकल पर्सन बज्राचार्य बताउँछिन् ।

‘हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ मंगलबार विश्व क्षयरोग दिवस मनाइएको छ ।

सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका साथ यो दिवस मनाउने गरिएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *