‘अन्तर्राष्ट्रिय हेड एण्ड नेक अन्कोलोजी तथा एस्थेटिक्स सम्मेलन–२०२६’ सम्पन्न

28
Shares

काठमाडौँ, ६ चैत । विश्वभरका अग्रणी विशेषज्ञहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित उज्बेकिस्तानको तास्कन्द स्थित नेशनल मेडिकल सेन्टरमा गत मंगलबारदेखि आयोजित ‘ईन्टरनेशनल हेड एण्ड नेक अंकोलोजी वीथ इस्थेटिक्स कन्फ्रेन्स (आईएचएनओईसी)- २०२६’ बिहीबार सम्पन्न भएको छ ।

सम्मेलनमा उज्वेकिस्तानसहित नेपाल भारत, श्रीलंका, हंङकङ लगायतका देशका ३०० स्वास्थ्य विज्ञ तथा विद्यार्थीहरुको सहभागिता थियो ।

हेड एण्ड नेक क्यान्सर उपचारसँगै सौन्दर्य पुनर्स्थापना र बिरामीको जीवनस्तर सुधारमा केन्द्रित यो सम्मेलनलाई चिकित्सा क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चका रूपमा प्रस्तुत गरिएको थियो ।

आयोजकका अनुसार सम्मेलनमा बहुविषयगत सिकाइ, उच्चस्तरीय वैज्ञानिक छलफल तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । यस्तै क्यान्सर उपचारमा आधुनिक प्रविधि, शल्यचिकित्सा, पुनर्निर्माण तथा एस्थेटिक पक्षबीच सन्तुलन कायम गर्ने विषयमा गहन बहस भएको थियो ।

‘यस सम्मेलनमा विश्वका ख्यातिप्राप्त अन्कोलोजिस्ट, सर्जन, अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । यसले सहभागीहरू माझ रोगका विषयमा नवीनतम अनुसन्धान, उपचार पद्धति तथा अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त भयो,’ नेपालबाट टिमको नेतृत्व गर्दै आएका कान्तिपुर डेन्टल कलेज (केडीसी)का अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भने ।

सम्मेलनमा नेपालबाट केडीसीका डा श्रेष्ठसंगै प्राडा दिपशिखा बज्राचार्य, सहप्राडाहरु विधाता श्रेष्ठ, प्रतिक्षा श्रेष्ठ उता त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम)बाट सह प्राडा राधा बरालको सहभागिता थियो । उनीहरुले सम्मेलनमा प्रस्तुतिकरण समेत गरेका थिए ।

गतवर्ष यो सम्मेलनमा नेपालमा भएको थियो । आउदो वर्ष सम्मेलन काजाकिस्तानमा हुने डा. श्रेष्ठले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *