काँग्रेस सभापति थापाद्धारा राजिनामा

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा यसअघि काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थापा पहिलो पटक मधेश झरेका थिए । यसपटक उनी सर्लाही ४ बाट उम्मेदवार बनेका थिए ।
तर, त्यहाँ उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का डा अमरेशकुमार सिंहसंग नमिठो पराजय बेहोर्नु पर्यो । उनी मात्रै होइन यसपटकको निर्वाचनमा स्वयं नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोरेको छ ।
रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको काँग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव दिदै आएका थिए ।
गत भदौको जेनजी आन्दोलन पछि बदलिएको परिस्थितिमा थापाकै अगुवाईमा काँग्रेसमा विशेष महाधिवेशन भएको थियो ।
सोही महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका थिए ।
थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ ।
केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 