स्वास्थ्य मन्त्रालयमा ‘एसएमटी’ बैठक: हाल सम्मको प्रगति र आगामी वर्षको योजनामा केन्द्रीत

काठमाडौँ, ३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४का लागि योजना तर्जुमा र कार्यक्रमहरुको प्राथमिकता निर्धारणका सम्वन्धमा छलफल गरेको छ ।
मन्त्रालयका सचिवद्धय डिल्लीराम शर्मा र डा. विकास देवकोटाको उपस्थितिमा मंगलबार भएको ‘सिनियर म्यानेजमेन्ट टिम’ (एमएमटी) बैठकमा अर्थ मन्त्रालयले उपलव्ध गराएको बजेटको सिलिङ तथा आगामी आर्थिक वर्षका योजनाहरूलाई थप प्रभावकारी र नतिजामुखी बनाउने विषयमा छलफल भएको थियो ।
बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाल, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवको उपस्थिति थियो ।

यस्तै स्वास्थ्य मन्त्रालयका महशाखा प्रमुखहरु, विभागका निर्देशकहरुको समेत उपस्थिति रहेको थियो । बैठकमा मन्त्रालयको हालसम्मको कार्य प्रगतिको समीक्षा समेत भएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ