पाकिस्तानले कावुलको एक अस्पतालमा आक्रमण गर्दा ४०० बढीको मृत्यु भएको अफगानिस्तानको दावी

20
Shares

एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीच फेरी तनाव बढेको छ । अफगानिस्तानले राजधानी कावुलको एक अस्पताल पाकिस्तानको हवाई हमलाको निसानामा परेको बताएको छ ।

उक्त हमलामा अस्पतालमा उपचाररत ४०० बढीको ज्यान गएको र २५० बढी घाइते भएको बताएको छ । तर पाकिस्तानले भने यो आरोपको खण्डन गरेको छ ।

अफगानस्तिानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले काबुलको नशा मुक्ति केन्द्र नजिकै सञ्चालनमा रहेको एक अस्पतालमा हमला भएको बताउँदै त्यसबाट निर्दोश नागरिकको ज्यान गएको दावी गरेका छन् ।

उता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले अफगानिस्तानको आरोप निराधार भएको बताए । उनले पाकिस्तानले आफ्नो निसाना शैन्य अखडा तथा आतंककारीको संरचनामाथि भएको दावी गरेका छन् ।

यसअघि सीमापार गोली हानाहानमा चार अफगानीको मृत्यु भएको थियो । त्यसमा बालबालिकासमेत रहेका थिए ।

पाकिस्तानले भने अफगानिस्तानमा भएका फरक फरक आतंकवादी संगठनले आफ्नो देशमा हमला गर्ने गरेका कारण प्रत्याक्रमण सुरु गरेको बताएको छ ।

तालीवान सरकारले भने पाकिस्तानको आरोपको खण्डन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *