वीर अस्पतालको निर्वाचन लक्षित तयारी: विशेषज्ञ चिकित्सक सहित गठन भयोे २६ सदस्यीय रेपिड रेस्पोन्स टिम

काठमाडौँ, १९ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा हुन सक्ने स्वास्थ्य आपतकालीन व्यवस्थापनका लागि वीर अस्पतालले विशेषज्ञ चिकित्सकसहितको रेपिड रेस्पोन्स टिम (आरआरटी) गठन गरेको छ ।
अस्पतालका आकस्मिक विभाग प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय आरआरटी गठन गरेको हो ।
वीर अस्पतालका निर्देशक डा दिलीप शर्माका अनुसार टिम सदस्यहरुमा डा मीनचन्द्र अधिकारी, डा विनोद शेरचन, डा अनिप जोशी, नर्सिङ प्रशासक संगिता श्रेष्ठ, डा सुधांशु केसी र डा ऋतु प्रधान रहेका छन् ।
यस्तै डा रविनबहादुर बस्नेत, डा अनिता जिसी, डा प्रमोदकुमार कोइराला, डा अपार लामिछाने, डा अनिल बराल, डा शरद पोखरेल, डा प्रज्वल श्रेष्ठ, डा राजीव झा, डा समिर पौडेल, डा दिनेश चापागाईँ, डा लिसा गौचन, डा लता गौतम, डा अजित खनाल, डा विवेक आचार्य, डा विकासविक्रम अधिकारी रहेका छन् ।
यसैगरी डा सुनिलराम कोइराला, डा आरती कारखेती, फार्मेसी प्रमुख मानवहादुर महरा र सदस्य सचिवमा नरेन्द्र खनाल तोकिएका छन् ।
निर्देशक डा. शर्माले उनीहरुलाई आशन्न निर्वाचन विदा अवधीभर घट्ने सम्भावित घटनाहरुबाट उत्पन्न हुन सक्ने स्वास्थ्य आपतकालीन व्यवस्थापनका लागि उच्च सतकर्ताका साथ तयारी अवस्थामा राखिने बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ