यस वर्षको सर्बोत्कृष्ठ र उत्कृष्ठ स्वास्थ्यकर्मी पुरस्कार निर्वाचन पछि वितरण हुने

काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने सर्वोत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार तथा उकृष्ठ स्वास्थ्य सेवा पुरस्कार यसपटक निर्वाचन आचार सहिता हटेपछि प्रदान गर्ने बताएको छ ।
आगामी साता अर्थात २१ फागुनका दिन देशभर प्रतिनिधि सभाका निर्वाचन हुँदैछ । सोही निर्वाचनका कारण लागेको आचारसंहिताले आजको २९ औँ स्वास्थ्य सेवा दिवस औपचारिक कार्यक्रम नै नगरि टुंगिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचन सम्पन्न भएपछि रोकिएको २९ औँ स्वास्थ्य सेवा दिवस औपचारिक रुपमा मनाउने बताए । उनले सो अवसरमा प्रदान गरिने एक लाख राशीको सर्वोत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारद्धारा एक जना स्वास्थ्यकर्मी र ५० हजार राशीको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारबाट चार जनालाई पुरस्कृत गरिने बताए ।
‘निर्वाचन आचार संहिता सकिएपछि स्वास्थ्य सेवा दिवस औपचारिक रुपमा कार्यक्रम गरेर मनाईन्छ । त्यस अघि नै बार्षिक रुपमा सर्बोत्कृष्ट तथा उत्कृष्ठ स्वास्थ्यकर्मी छनौट गर्न समिति गठन हुनेछ । त्यसले गर्ने सिफारिसको आधारमा स्वास्थ्यकर्मीहरु पुरस्कृत गर्नेछौँ,’ उनले भने ।
विसं २०५३ फागुन १५ गते स्वास्थ्य सेवा ऐन प्रमाणिकरण भएको दिन हो । सोही दिनलाई हरेक वर्ष स्वास्थ्य सेवा दिवसको रुपमा मनाउने गरिन्छ ।
सर्बोत्कृष्ठ तथा उत्कृष्ठ पुरस्कारका लागि स्वास्थ्यकर्मी छनौट गर्न सरकारले मुख्यसचिवको अध्यक्षतामा छनौट समिति गठन गर्नेछ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ