घोषणा पत्रमा बाल स्वास्थ्य र अधिकारका विषय समेट्न दलहरुलाई नेपासको आग्रह

20
Shares

काठमाडौँ, २२ माघ । बाल रोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रीक सोसाइटी (नेपास) ले आगामी २१ फागुनमा हुँन लागेको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने दलहरुलाई आफ्नो घोषण पत्रमा बाल स्वास्थ्य र बाल अधिकारका विषय समावेश गर्न आह्वान गरेको छ।

नेपासले सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा बाल स्वास्थ्य र बाल अधिकारका मुख्य ६ वटा प्रतिवद्धता समावेश गर्न आह्वान गरेको हो।

उसले दलहरुलाई बाल स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकता, मातृ, नवजात, शिशु तथा किशोर स्वास्थ्यमा लगानी, कुपोषण अन्त्यका लागि बहु क्षेत्रीय दृष्टिकोण, गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच, बाल अधिकार संरक्षण र सुरक्षा र संघीय संरचनामा बालमैत्री शासनका विषय प्रतिवद्धताका रुपमा समावेश गर्न भनेको हो ।

निर्वाचनमा राजनीतिक दलहरुले प्रस्तुत गर्ने घोषणापत्रले देशको भविष्यको दिशा तय गर्न सक्ने भएकले बाल स्वास्थ्य र बाल अधिकारलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने नेपासको भनाई छ।

निर्वाचन घोषणापत्र मार्फत बाल स्वास्थ्य र बाल अधिकारप्रति स्पष्ट, मापन योग्य र कार्यान्वयन योग्य प्रतिवद्धता जनाउन समेत नेपासको आह्वान छ। साथै यस अभियानमा नीतिगत संवाद, प्राविधिक सहयोग र सहकार्यका लागि आफुहरु सधै तयार रहेको उनीहरुको भनाई छ।

यतिवेला भने निर्वाचनमा सहभागी मुख्य राजनीतिक दलहरु आउँदो निर्वाचनका लागि घोषणा पत्र तयार गर्दैछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *