पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ, १८ माघ । पत्रकार दिनेश सिटौलाको निधन भएको छ । गत शुक्रबारबाट ग्राण्डी अस्पतालमा उपचाररत उनको आज १२:४५ बजे निधन भएको हो ।
अस्पतालले केहीवेर अघि विज्ञप्ती जारी गर्दै सिटौलालाई भएको समस्या र गरिएका उपचार प्रयासबारे जानकारी गराएको छ ।
अस्पतालले उनलाई गम्भीर सब अरेनहाइड हमोरेजको लागि स्थापित प्रोटोकल अनुसार क्रिटिकल केयर र न्युरो सर्जरी टिमद्धारा संयुक्त रुपमा इटेन्सिभ केयर युनिटमा भर्ना गरिएको बताउँदै अस्पतालमा ल्याउँदाका बखत गरिएको प्रारम्भिक परीक्षण पछि ग्याग रिप्लेक्सको उपस्थिति देखिएका कारण थप ४८ घण्टा निगरानीमा राखेको उल्लेख गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को सुदूर यात्रामा निस्केका सिटौला गत शुक्रबार विहान अछाम पुग्दा एक्कासी ढलेका थिए । टिमले तत्काल उद्धार गरी अछाम अस्पतालमा लगेर ४५ मिनेट सिपिआर दिएपछि मुटुको चाल फर्किएको थियो । त्यसपछि उनलाई तत्काल भेन्टिलेटरमा राखेर र नेपाली सेनाको हेलीकप्टर तथा स्काई ट्रकबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 