दन्तमन्जनको गुणस्तर अनुगमन गर्न एसोसिएसनको माग

56
Shares

काठमाडौँ । नेपाल डेन्टल साईन्स हाइजेनिस्ट एसोसिएसनले बजारमा बिक्री–वितरण भइरहेका दन्त मन्जन (टुथपेस्ट) हरूको गुणस्तरबारे गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले तत्काल अनुगमन र मापदण्ड लागू गर्न माग गरेको छ।

दन्त मन्जनमा हानिकारक सिसा(लिड)को मिसावट भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको समाचार सञ्चारमाध्यममा आएपछि शुक्रबार एसोसिएसनका तर्फबाट अध्यक्ष माइकल देवकोटाले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।

एसोसिएसनका अनुसार २०७७ सालदेखि नै मन्जनको गुणस्तर जाँच तथा त्यसको बनावट (कम्पोजिसन) सम्बन्धी यथार्थ छानबिन गर्न स्वास्थ्य तथा औषधी व्यवस्था विभागलगायत सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरिँदै आए पनि हालसम्म कुनै ठोस कदम चालिएको छैन।

विज्ञप्तीमा भनिएको छ, ‘दैनिक प्रयोग हुने मन्जनको गुणस्तरमा राज्य अनभिज्ञ रहनु जनस्वास्थ्यका लागि गम्भीर विषय हो। दन्त चिकित्सक वा काउन्सिलको सिफारिस बिना नै औषधीजन्य मन्जनसमेत खुला बजार र सुपरमार्केटबाट बिक्री वितरण हुनु जनताको मुख तथा समग्र स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको एसोसिएसनको ठहर छ।’

एसोसिएसनका अनुसार औषधीजन्य मन्जन एक हप्ताभन्दा बढी प्रयोग गर्न नहुने भए पनि लामो समयसम्म खुला रूपमा प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी मन्जनको प्याकेटमै उल्लेख हुने गरेको छ। तर, त्यस्ता चेतावनीलाई बेवास्ता गर्दै खुलेआम बिक्री भइरहेको अवस्था चिन्ताजनक रहेको विज्ञप्तीमा उल्लेख छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *