सीटी स्क्यान मेसिन खरिदमा आर्थिक अनियमितता गरेको आरोपमा पूर्वउपकुलपति संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम गुणस्तरको सिटी स्क्यान मेसिन खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्राडा संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले प्राडा भण्डारीविरुद्ध ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
डा. भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा.सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, बायोमेडिक इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चचर डा. श्रीसिया पोखरेल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, अधिकृतहरु झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आईटी अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइरजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह र हिमालय मेडिटेक प्रा।लि।का अमर श्रेष्ठ र सन्जु राजकर्णिकार विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 