स्वास्थ्य मन्त्री डा. शर्माद्धारा आफ्नो तीन महिने कार्यप्रगति विवरण सार्वजनिक

काठमाडौं, ११ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम शर्माले आफ्नो तीन महिनाको कार्यप्रगति सार्वजनिक गरेकी छिन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्छिप्त पत्रकार सम्मेलन गरी आफ्ना उपलव्धी सार्वजनिक गरेकी हुन् ।
मन्त्री डा शर्मा २०८२ कात्तिक १० गते स्वास्थ्य मन्त्रीको रुपमा पदवहाली गरेकी थिईन ।
चुनावी सरकार भए पनि आफूले स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत कामहरु समेत सल्ट्याएको दावी गर्दै मन्त्री शर्माले जेनजी घाइतेहरुको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बीमा लगायतका विषय प्राथमिकतामा रहेको जानकारी गराईन ।
जेनजी प्रदर्शनका घाइतेहरुको वर्गाीकरण सम्बन्धी कार्यविधि निर्माण गरी हालसम्म १८९ जना घाइतहरुको वर्गाीकरण गृह मन्त्रालयमा पठाइएको, घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको, शहिद परिवारका लागि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न स्रोतका लागि अर्थ मन्त्रालयमा पठाइएको कार्यप्रगतिमा उल्लेख छ।
स्वास्थ्य बीमा, स्वास्थ्य सेवा, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान एन र स्वास्थ्यकर्मी सुरक्षा ऐन अध्यादेश मार्फत संशोधनका लागि प्रक्रिया अघि बढाइएको मन्त्री गौतमले बताएकी छिन्।
हेर्नुहोस उनको कार्यप्रगती विवरण
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 