मोहम्मद सफिउल्लाह बने सीटीईभीटीका उपाध्यक्ष

काठमाडौँ, ३ माघ । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष पदमा मोहम्मद सफिउल्लाहलाई मनोनयन गर्नेै निर्णय गरेको छ ।
उपाध्यक्षको मनोनयनका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको सिफारिस तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा शुक्रबार (२ माघ)मा बसेको मन्त्रिपरिषद्को बैठकले सफिउल्लाहलाई मनोनयन गर्ने निर्णय गरेको हो ।
यसअघि समितिले सफिउल्लाहसंगै अल्पसूचीमा परेका अरु आठ जनालाई २८ पुसमा अन्तर्वार्ताका लागि बोलाएको थियो ।
राजपुर नगरपालिका २ रौतहटका स्थायीबासिन्दा सफिउल्लाह विसं २०७७ सालमा नेपाल औषधी लिमिटेडको महाप्रवन्धक बनेका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 